एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज जलडमरूमध्यमा तेल बोकेका ट्याङ्करहरूमाथि कुनै प्रकारको शुल्क नलगाउन र यदि लगाइरहेको भए तत्काल रोक्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने तेल ट्याङ्करहरूमा इरानले शुल्क लिएको भन्ने समाचारप्रति आपत्ति जनाएका हुन्।

advertisement

उनले उक्त जलक्षेत्रमा जहाजहरूको आवागमन अवरुद्ध भएको उल्लेख गर्दै इरानको कदमलाई गैरजिम्मेवारपूर्ण व्यवहारको संज्ञा दिएका छन्। साथै, होर्मुज हुँदै तेल ढुवानीमा अवरोध सिर्जना गर्नु विश्वव्यापी आपूर्ति प्रणालीका लागि गम्भीर चुनौती भएको उनको भनाइ छ।

युद्धविराम लागू भएपछि आवागमन पुनः सुरु भएको भनिए पनि बिहीबार कुनै पनि जहाजले सो जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ तथ्यांकले देखाएको छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स ले इरानले जलमार्ग खुला राख्ने प्रतिबद्धता पूरा नगरे युद्धविराम तत्काल अन्त्य हुन सक्ने चेतावनी दिएका छन्।

यसअघि बुधबार राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि पाकिस्तानको संयुक्त प्रस्तावमा आधारित दुई साता लामो युद्धविरामको प्रस्ताव अनुमोदन गरेका थिए।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com