पाेखरा।  कास्कीको पोखरा महानगरपालिका–सभागृह चोकमा ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा संलग्न आरोपी शिशिर केसी लाई प्रहरीले बुटवलबाट पक्राउ गरी पोखरा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खुँडा प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेका केसीलाई रुपन्देहीको बुटवल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि कास्की ल्याइएको प्रहरीले जनाएको छ।

advertisement

प्रारम्भिक अनुसन्धानअनुसार आरोपी शिशिर केसी मृतकका सहोदर भान्जा रहेको खुलेको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटना केही दिनअघि पोखराको व्यस्त क्षेत्र सभागृह चोकमा भएको थियो, जसले स्थानीयवासीलाई त्रसित बनाएको थियो। घटनापछि फरार रहेका आरोपीको खोजी तीव्र बनाइएको थियो।

प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com