काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई आफन्तजनलाई नियुक्ति दिलाउने काममा संलग्न नहुन कडा निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले उक्त कडा निर्देशन दिएका हुन् ।

advertisement

उनले भने, “हामी जेनजीको बलिदानबाट यहाँसम्म आएका हौं । त्यसको मर्म बुझ्नुहोस् । आफन्तलाई नियुक्ति दिलाउने वा सिफारिस गर्ने काममा कुनै पनि सांसद संलग्न नहुनुहोस् ।”

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए । यद्यपि प्रधानमन्त्री शाहले बैठकमा केही बोलेनन् ।

रवि लामिछानेको यो निर्देशनले रास्वपाले भ्रष्टाचार र नातावादविरुद्ध शून्य सहनशीलता नीति अपनाएको स्पष्ट सन्देश दिएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com