काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार जनताको अपेक्षा र भावनाअनुसार जनहितमुखी कानुन निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनेमा विश्वास व्यक्त गरेका छन्।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले संसद्ले नागरिकमुखी र कल्याणकारी कानुन निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे। साथै, निर्माण भएका कानुनहरूलाई मर्मअनुसार प्रभावकारी र परिणाममुखी ढंगले कार्यान्वयन गरिनेमा आफू आशावादी रहेको बताए।

advertisement

राष्ट्रपति पौडेलले विगतका जनआन्दोलन, विभिन्न संघर्ष तथा पछिल्लो समय युवापुस्ताले उठाएको आवाजले पनि जनताको यही चाहना प्रकट गरेको उल्लेख गरे। उनले जनताको आकांक्षा पूरा गर्न संसद् र सरकारले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।

यसैगरी, उनले न्यायपालिकाको भूमिकाबारे पनि चर्चा गर्दै छिटो, निष्पक्ष र स्वतन्त्र न्याय प्रदान हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति वास्तविक सम्मान प्रकट हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com