काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि विश्वास गर्न नसकिने अवस्था सिर्जना भएको टिप्पणी गरेकी छन्।

उपसभामुख निर्वाचनको सन्दर्भमा रास्वपाले प्रारम्भमा समर्थन गर्ने प्रतिबद्धता जनाए पनि पछि अर्को उम्मेदवारतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्।

उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेका छन्। सरस्वती लामाको समर्थनमा बोल्दै ओलीले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

रास्वपाको आश्वासनका आधारमा उम्मेदवारी दिइएको उल्लेख गर्दै उनले भनिन्, ‘उदाउँदो राजनीतिक शक्ति भनिने रास्वपाले आफ्नै प्रतिबद्धतामाथि भरोसा गर्न नसकिने उदाहरण प्रस्तुत गरेको छ।’

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com