काठमाडौं । प्रतिनिधि सभा मा उपसभामुख पदको निर्वाचन जारी छ।

पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामा लाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो।

मतदानमार्फत गरिएको उक्त प्रस्तावको पक्षमा जम्मा ५ मत मात्र परेको छ भने विपक्षमा २१५ मत खसेका छन्। साथै, ३७ सांसद तटस्थ बसेका छन्।

आजको बैठकमा कुल २५७ जना सांसदको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com