काठमाडौं । प्रतिनिधि सभा को उपसभामुख पदमा रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
शुक्रबार सम्पन्न निर्वाचनमा उनले सरस्वती लामा लाई पराजित गर्दै उपसभामुख पद हासिल गरेकी हुन्। परिणामबारे सभामुख डीपी अर्याल ले सदनलाई जानकारी गराएका थिए।
ठाकुरलाई उनको दल श्रम संस्कृति पार्टी सहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा को समर्थन प्राप्त भएको थियो।
यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ले एकल उम्मेदवारी दिएको थियो भने नेकपा एमाले भने मतदान प्रक्रियामा सहभागी भएन।
कुल २५६ सांसद उपस्थित रहेको बैठकमा ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत खसेको थियो। २२ जना तटस्थ बसेका थिए। सरस्वती लामाको पक्षमा ५ मत मात्र परेको थियो भने ३७ जना तटस्थ बसेका थिए।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया