काठमाडौं । स्रोत नखुलेको रु ६ लाख ६९ हजार ७१० सहित कोशी गाउँपालिका–८, भण्टाबारीबाट दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल, छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा स्रोत नखुलेको उक्त रकम फेला परेको हो। प्रहरीले उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया