काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण तथा संशोधनको काम अब तीव्र गतिमा अघि बढाइने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित लायन्स क्लब को चौथो वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले देशका धेरै क्षेत्रमा अझै कानुन निर्माण र परिमार्जन आवश्यक रहेको उल्लेख गरे। राष्ट्र र राष्ट्रियताको हितमा कानुन बनाउँदा पूर्ण इमान्दारिता र निष्पक्षताका साथ अघि बढ्ने उनको प्रतिबद्धता थियो।

advertisement

उनले आवश्यक परेको स्थानमा ऐन, नियमावली र कार्यविधिमा सुधार गर्दै कसैको अहित हुने व्यवस्था भए त्यसलाई फास्ट ट्र्याकमार्फत संशोधन गरिने स्पष्ट पारे। ‘ढिलाइ बढ्दै जाँदा समस्या पनि जटिल बन्छ, त्यसैले अब काम छिटो गतिमा अघि बढ्छ,’ उनले भने।

यसै अवसरमा अर्यालले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका योगदानको प्रशंसा गर्दै त्यस्ता गतिविधिहरू सञ्चारमाध्यममा अपेक्षाअनुसार नआएकोमा चिन्ता व्यक्त गरे। उनले मिडियाको ध्यान यस्ता सकारात्मक कामतर्फ पर्याप्त रूपमा नपुगेको हो कि वा अन्य कारणले ओझेलमा परेको हो भन्ने प्रश्न समेत उठाए।

उनले सामाजिक सेवामूलक कार्यलाई उचित प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह गर्दै मन्त्रीहरूको कार्यक्रमभन्दा पनि यस्ता जनहितका गतिविधिलाई समान महत्व दिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com