काठमाडौँ । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिक गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन (लापसे) गरी सवारी चलाइरहेका दुई जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा एक यात्रुवाहक हाईस र अर्को ईभी माइक्रोबसका चालक रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार उक्त कारबाही गरेको हो। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुऔषध सेवन गरेको पुष्टि गरेको थियो।

advertisement

सार्वजनिक यातायात जस्तो संवेदनशील सवारीका चालकहरू नै नशामा सवारी चलाइरहेको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com