काठमाडौं । कैलालीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशाबाट आइरहेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–१९ फूलबारीका २२ वर्षीय राम मिलन चौधरीलाई उपचारका लागि निसर्ग अस्पताल, धनगढी लगिएको थियो। उपचारका क्रममा शनिबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिप र जिप चालक भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com