पाँचथर । प्रधानमन्त्री बालेन्द्र शाह लगायत विभिन्न नेतामाथि अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री युट्युबमार्फत प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी युट्युबर रोशन पोखरेल रहेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा अपलोड गरिएका सामग्रीको आधारमा पोखरेललाई पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया