काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ।
यसका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालयले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। प्रचलित कानुनी व्यवस्था अनुसार, विधेयकको प्रारम्भिक मस्यौदा जनताबाट राय–सुझाव संकलन गर्न सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले उक्त मस्यौदा चैत २५ गते प्रकाशन गरिएको हो।
सो मस्यौदामाथि वैशाख १ गतेसम्म सर्वसाधारण तथा सरोकारवाला पक्षबाट सुझाव संकलन गरिने जनाइएको छ। प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरिनेछ र त्यसपछि सम्बन्धित मन्त्रालयमार्फत विधेयक मन्त्रिपरिषद्मा पेश गरिनेछ।
मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद्मा दर्ता गरिनेछ। संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र उक्त ऐन कार्यान्वयनमा आउनेछ।
प्रारम्भिक मस्यौदामा कुल ३८ वटा दफामा संशोधन प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया