काठमाडौं। वन तथा कृषि तथा पशुपंछी विकास मन्त्री गीता चौधरीले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरू संकटमा परेको बताएकी छन् ।

वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वनस्पतिको योगदान अत्यन्त ठूलो रहे पनि यसको संरक्षणमा ध्यान नदिँदा भविष्य नै संकटमा पर्न सक्ने चेतावनी दिएकी छन् ।

advertisement

उनले भनिन्, “हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य, रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान रहेको छ । तर मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरू संकटमा परेका छन् । यसलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके हामी आफैं आफ्नो भविष्य संकटमा पार्न सक्छौं ।”

मन्त्री चौधरीले अझै पनि वनस्पतिको कच्चा पदार्थ निर्यात गर्ने पुरानो परम्परा तोड्न नसकिएको बताउँदै अबको बाटो अनुसन्धान र प्रविधिमा केन्द्रित हुनुपर्ने धारणा राखिन् ।

उनले सरकारले नीति र ऐन निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै वनस्पति विभागसँग सम्बन्धित आवश्यक नीति तथा कानुनहरू चाँडै निर्माण गरिने विश्वास दिलाइन् ।

मन्त्री चौधरीको यो भनाइले वनस्पति संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com