काठमाडौं। गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले उक्त युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ।
मन्त्रालयले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने पुनः स्पष्ट पार्दै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।
साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित कानूनविपरीत हुने मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा यस्ता गतिविधिहरूमा सम्बन्धित निकायले नियमित रूपमा निगरानी गरिरहेको उल्लेख गर्दै नागरिकका मौलिक हक र अधिकारको संरक्षणमा सरकार सधैं प्रतिबद्ध रहेको पनि जनाइएको छ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया