काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति स्रोत पुष्टि खुलाउन माग गरेका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछी उनले सामाजिक स‌ञ्जाल फेसबुकमा सो माग राखेका हुन् ।

advertisement

उनले स्रोत नखुलाएको सम्पत्तिलाई भ्रष्टाचारकै श्रपमा जनताले बुझ्ने बताए । ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्टाइदिनु पर्छ,’ सांसद हर्कराज राई ले भने ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ।’

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com