काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति मसूद पेजेश्कियानलाई अमेरिकासँगको शान्ति वार्तामा मध्यस्थता गर्न प्रस्ताव गरेका छन् ।
क्रेमलिन वेबसाइटका अनुसार दुई नेताहरूबीच आइतबार फोनमा भएको कुराकानीमा इस्लामाबाद वार्ताको विषयमा छलफल भएको थियो ।
राष्ट्रपति पुटिनले पश्चिम एसियामा न्यायपूर्ण र दीर्घकालीन शान्ति स्थापना गर्न राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न र मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन् ।
उनले यसका लागि रूसले क्षेत्रका सबै साझेदारहरूसँग सम्पर्क कायम राख्ने पनि स्पष्ट पारे ।
इरानी राष्ट्रपति मसूद पेजेश्कियानले पुटिन र रूसका सबै अर्थोडक्स ईसाईहरूलाई इस्टरको शुभकामना दिएका छन् ।
यसअघि अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा इस्लामाबादमा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।
रूसको यो प्रस्तावले मध्यपूर्वमा शान्ति प्रक्रियालाई नयाँ मोड दिन सक्ने देखिएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया