काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारका मन्त्रीहरूको सम्पत्ति सम्बन्धी विषयलाई लिएर तीव्र टिप्पणी गरेका छन्।

उनले गरिब नागरिकहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित भइरहेका बेला नेताहरू भने अपार धन–सम्पत्तिमा डुबेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। विशेषगरी, सर्वसाधारणले दैनिक उपभोगका लागि आवश्यक सामानसमेत जुटाउन नसक्ने अवस्थामा नेताहरूसँग अत्यधिक सुन जम्मा हुनु दुःखद रहेको उनको भनाइ छ।

advertisement

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले जनताको जीवनस्तर सुधारमा उपयोग नहुने यस्तो सम्पत्तिको औचित्यमाथि प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘गरिब जनतासँग तरकारीमा हाल्ने लसुनसमेत छैन, तर नेताहरूसँग सुनैसुन छ। त्यो सुन केका लागि हो? के त्यसलाई खान मिल्छ र?’

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com