काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन्।

सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर उनले जिम्मेवारी सम्हालेकी हुन्। पदभार ग्रहण गरेपछि उनले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटसमेत गरेकी छन्।

advertisement

यसअघि गत २७ गते सम्पन्न निर्वाचनमार्फत ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी थिइन्। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त गरेकी ठाकुर प्रतिस्पर्धामा विजयी हुँदै उपसभामुखमा निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com