चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिको आधारमा संसद्मा पार्टीको भूमिका निर्धारण हुने बताएका छन्।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेकाले सरकारका सकारात्मक कार्यमा समर्थन र सहकार्य गर्ने स्पष्ट पारे।

advertisement

उनले भने, ‘जनता, लोकतन्त्र, जनजीविका र सुशासनको पक्षमा सरकारले अघि सारेका काममा कांग्रेसले कुनै अवरोध गर्दैन।’

अर्को प्रसङ्गमा बोल्दै पौडेलले संसदीय दलको नेता चयन प्रक्रियामा सहमति खोजिए पनि सफल हुन नसकेको जानकारी दिए। अब सहमति वा निर्वाचनमार्फत वैशाख ४ गते उक्त पद टुंगो लगाइने उनले बताए।

पार्टीभित्र एकता मजबुत बनाउँदै अघि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले आगामी १५औँ महाधिवेशन नै विद्यमान समस्या समाधानको मुख्य माध्यम हुने धारणा व्यक्त गरे।

उनले भने, ‘अब अदालत होइन, महाधिवेशनतर्फ केन्द्रित भएर अघि बढ्नुपर्छ।’

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com