काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैली मा रहेको ढुंगा निकालिएको छ ।
आज सोमबार डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरेर ओलीको पित्तथैली बाट ढुंगा निकालेको हो ।
चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा रहेको ढुंगा २२ मिलिमिटरको थियो ।
शल्यक्रिया सफल भएको छ । ओली हाल त्रिवि शिक्षण अस्पतालको आईसीयूमा छन् ।
ओली नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका थिए ।
पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
अप्रेसनपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन् ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया