काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक भएको बताएका छन् ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सोमबार भिडियो सन्देश जारी गर्दै उनले देश र समाजलाई प्रगति पथमा अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने उनको विश्वास छ ।

advertisement

पूर्वराजा शाहले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले दलीय खिचातानी र राजनीतिक प्रणालीका कारण राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश प्रयोगशाला जस्तो मात्र बनेको टिप्पणी गरे ।

उनले आर्थिक अवस्थालाई उकास्न, छिमेकी तथा बाह्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जोड दिए । परनिर्भरता र पराधीनताबाट देशलाई मुक्त गर्न हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

पूर्वराजाले आपसी रिसराग, प्रतिशोध र फुट त्यागेर संवाद, सहमति र सहकार्यमार्फत अघि बढ्न सबैलाई आह्वान गरे । उनले नेपाललाई शान्ति, प्रगति र समृद्धिको मुलुकका रूपमा देख्न चाहेको बताउँदै सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गरेका छन् ।

यो सन्देशमा उनले बालेन शाह नेतृत्वको सरकार र युवा पुस्ताप्रति नरम तथा आशावादी दृष्टिकोण राखेका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com