काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार उक्त रिट दायर गरेका हुन्।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विषयमा प्रश्न उठाउँदै रिट दर्ता गरिएको हो।
उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि वैशाख ३ गतेको पेसी तोकिएको अदालतले जनाएको छ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया