काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष २०८२ अब इतिहासमा सीमित भएको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले सफलता र असफलता, अवसर र चुनौती, कमजोरी र उपलब्धि—यी सबै अनुभवहरूको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। विगतबाट पाठ सिक्दै भविष्यतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले नयाँ वर्षले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

advertisement

ओलीले ‘पाको अनुभव’ र ‘युवा ऊर्जा’ बीच प्रभावकारी समन्वय हुन सके मुलुकले सकारात्मक परिवर्तनतर्फ तीव्र गति लिन सक्ने धारणा व्यक्त गरेका छन्।

नयाँ वर्ष २०८३ ले देशमा स्थायित्व, समृद्धि र सहकार्यको वातावरण सिर्जना गरोस् भन्ने कामनासहित उनले सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com