काठमाडौँ । बालेन्द्र शाह ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकप्रति सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक उद्धृत गर्दै सबैको सुस्वास्थ्य र कल्याणको प्रार्थना गरेका हुन्।
शाहले लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’
उक्त श्लोकको अर्थ स्पष्ट पार्दै उनले सबैको जीवनमा सुख, स्वास्थ्य र समृद्धि कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
‘सधैं शुभ होस्, जीवनमा कुनै अवरोध नआओस् र दुःखको अन्त्य होस्,’ उनले भनेका छन्, ‘नयाँ वर्ष २०८३ को यस पवित्र अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’
प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया