काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना गरेकी हुन्।

advertisement

आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन्। उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com