काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताएका छन्।

काठमाडौंमा ‘जरा अभियान’को शुभारम्भ गर्दै उनले सरकारसँग सहकार्यका लागि कांग्रेस तयार रहेको स्पष्ट पारे। उनले भने, ‘सहकार्य एकतर्फी हुँदैन, दुवै पक्षबाट समान प्रयास आवश्यक हुन्छ। हामी सहकार्यका लागि सकारात्मक छौँ, तर त्यसका लागि सरकारले पनि सबैलाई समेट्ने वातावरण बनाउनुपर्छ।’

advertisement

थापाले विधि र प्रक्रिया विपरीत भएका काममा कांग्रेसले दृढतापूर्वक आवाज उठाउने बताए। उनले नागरिकका समस्या र सरोकारका विषयलाई उठाउनु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै अनावश्यक अवरोध सिर्जना गर्ने राजनीति आफूहरूले नगर्ने स्पष्ट पारे।

त्यसैगरी, उनले प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै परिणाममुखी काम गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com