काठमाडौं। आज देखि नेपाली नया वर्ष अर्थात् २०८३ सुरु भएको छ, २०८२ अरु वर्षहरु झैं सामान्य वितेको वर्ष पक्कै हैन्, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरु हामीलाई उपहार दिंदै अनि हरेक उपहारसंगका अनुभवहरू छाडेर गएको छ ।
केहि तस्बिरहरु २०८२ नेपालीजनले सम्झिनुपर्ने, विर्षिनुपर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौ।

२०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए।
भदौ २४ को विध्वंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि।

यो वर्ष विगतका वर्षहरुमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्यो।

खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरुले रात्रिकालिन क्रिकेटको मजा लिन पाए।
ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तराष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो।

आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेनजी आन्दोलनले झन् थलियो।
यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो। धानले हरियाली हुनुपर्ने खेतहरुमा धाँजा फाटे।

उता रसुवमा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे, पुरिए।
मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए।
उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया