काठमाडौं । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा आज साँझ मृत्यु भएको छ।

पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नंं को मोटरसाइकल आज अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

advertisement

उहाँका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उहाँको आज साँझ ६ः४५ बजे मृत्यु भएको हो।

मोटरसाइकलको चालक अर्जुनधारा नगरपालिका वडा नं १ घर भई बाहुनडाँगी बीओपीमा कार्यरत ४० वर्षीय डिल्लीराम सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकल हाल नेपाल प्रहरीको भृकुटी अस्थायी पोस्टको नियन्त्रणमा रहेको र तामाङको शव हस्पिटलमै रहेको जनाइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com