काठमाडौं । सशस्त्र प्रहरी बल नेपालकी सशस्त्र प्रहरी सहायक निरीक्षक (ASI) निम दिकी शेर्पाले नयाँ वर्ष २०८३ साल वैशाख १ गते बिहान ८:५७ बजे ६,११९ मिटर (२०,०७५ फिट) उचाइको लोबुछे हिमाल सफलतापूर्वक आरोहण गरेकी छन्।

सशस्त्र प्रहरी बलकै पहिलो महिला अधिकृतका रूपमा शेर्पा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महत्वाकांक्षी अभियानमा संलग्न छिन्। यही वसन्त सिजनमा सगरमाथासँगै लोत्से हिमाल आरोहण गर्ने लक्ष्यसहित अघि बढिरहेकी शेर्पाले तयारीको चरणस्वरूप लोबुचे हिमाल सफलतापूर्वक चढेकी हुन्।

advertisement

उक्त आरोहणलाई सगरमाथा अभियानको महत्वपूर्ण ‘अक्लिमेटाइजेसन’ (उचाइसँग शरीर अभ्यस्त बनाउने) चरणका रूपमा लिइन्छ। शेर्पाको यो उपलब्धिले आगामी मुख्य शिखर आरोहणका लागि उनको आत्मविश्वास र तयारी थप सुदृढ भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

यसअघि सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्तबहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्। अब शेर्पा सशस्त्र प्रहरी बलकै तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्ने लक्ष्यका साथ अभियानमा अघि बढिरहेकी छन्।

उनको लोबुचे शिखर सफलताले सशस्त्र प्रहरी बलभित्र महिला सहभागिता र उच्च हिमाली साहसिक गतिविधिमा प्रेरणादायी सन्देश दिएको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com