काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। गए रातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। यससँगै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

advertisement

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा हिसाब गर्दा अझै पनि निगम ठूलो घाटामा रहेको जनाएको छ।

निगमका अनुसार लागत मूल्य उच्च र बिक्री मूल्य कम भएकाले मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम छ।

पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जनाएको छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com