काठमाडौं। नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पोर्टललाई २० दिनमै तयार पारेर सञ्चालनमा ल्याएको हो ।

advertisement

यो स्वास्थ्य पोर्टल मार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन् ।

मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गर्दै सेवा गुणस्तर उकास्ने पहल पनि गरेको छ । देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको छ ।

त्यसैगरी, जलनका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न ९ संघीय र १४ प्रादेशिक गरी कुल २३ वटा अस्पतालमा सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com