काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलमा नयाँ जिम्मेवारी बाँडफाँट गर्दै एक मुख्य सचेतक र दुई सचेतक नियुक्त गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो।
यस्तै, सचेतकका रूपमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको पार्टीले जनाएको छ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया