काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग महत्वपूर्ण परामर्श सुरु गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफलमा संसदीय गतिविधि र आगामी निर्णयहरूबारे विचारविमर्श भइरहेको छ।

छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू सहभागी छन्। बैठक मुख्यतः संसदीय समितिका सभापति चयनलगायत विषयमा केन्द्रित रहेको जनाइएको छ।

advertisement

आज संसदीय समितिका सभापति पदका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ। त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम छ।

संघीय संसदअन्तर्गत हाल १६ वटा संसदीय समिति क्रियाशील छन्। तीमध्ये १० वटा प्रतिनिधिसभाअन्तर्गत, ४ वटा राष्ट्रिय सभाअन्तर्गत र २ वटा संयुक्त समिति रहेका छन्।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com