काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पदाधिकारी तथा जनप्रतिनिधिहरूका लागि नयाँ लेबी प्रणाली लागू गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री, मन्त्री, सांसद तथा उनीहरूका स्वकीय सचिवहरूले पार्टीलाई मासिक रूपमा निश्चित लेबी बुझाउनुपर्ने प्रस्ताव पारित गरेको हो। उक्त जानकारी मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले दिएका छन्।
निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार रुपैयाँ, सांसदहरूले १६ हजार ५ सय रुपैयाँ तथा स्वकीय सचिवहरूले २ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। यद्यपि, सांसदहरूले स्वकीय राख्न पाउने वा नपाउने विषयमा भने अन्तिम टुंगो लागिसकेको छैन।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया