काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको जवाफ दिँदै त्यस विषयमा अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।
बिहीबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल सार्वजनिक भएको सम्पत्ति विवरण पुरानो अवस्थासँग सम्बन्धित भएको स्पष्ट पारे।
उनका अनुसार, उक्त विवरणमा देखिएको सम्पत्ति हजुरबुबाको अंशबण्डा नहुँदाको अवस्थासँग सम्बन्धित हो। उनले भने, “अहिले आएको सम्पत्ति विवरण हजुरबुबाको अंशबण्डा नहुँदैको समयको हो।”
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८९ तोला सुन तथा करोडौँ रुपैयाँ बराबरको सेयर लगानी रहेको विवरण सार्वजनिक भएपछि यस विषयमा चासो र प्रश्नहरू उठेका थिए।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया