काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदका लागि औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्।

कांग्रेस संसदीय दलको बैठकले उनलाई उक्त समितिको सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेसँगै खड्काले आज मनोनयन दर्ता गरेका हुन्। प्रतिनिधिसभाअन्तर्गत विभिन्न संसदीय समितिका सभापति चयनका लागि आज मनोनयन प्रक्रिया सञ्चालन भइरहेको छ।

advertisement

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ। बाँकी समितिका सभापतिहरूमा भने आफ्ना सांसदलाई अघि सार्ने रास्वपाको निर्णय रहेको छ।

उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापति पदमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटाएको जनाइएको छ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com