काठमाडौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट बिहीबार एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा गोरखा निवासी ६१ वर्षीय खुदबहादुर थापा रहेका छन्।

दमौलीबाट आँबुखैरेनीतर्फ गइरहेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले सडक काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले साँझ ५ः४८ बजे मृत घोषणा गरेका थिए। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले घटनाबारे जानकारी दिएका हुन्।

advertisement

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com