काठमाडौं । इनरुवा (सुनसरी) । सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई iनियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीका अनुसार झापाबाट खाग ल्याइँदैछ भन्ने सूचनापछि बर्जु–६ स्थित ताल नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको छ। अनुसन्धान जारी रहेकाले र सञ्जाल ठूलो रहेको आशंकामा पक्राउ परेकाको नाम हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया