काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेकी छन्।

रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री रहेको चर्चा भइरहेका बेला बास्कोटा पनि संसदीय समितिको सभापति बन्ने सम्भावना बलियो मानिएको छ। तर उनीहरूको राजनीतिक यात्रा जोडिने रोचक प्रसङ्ग भने २०७९ सालको स्थानीय तह निर्वाचनसँग सम्बन्धित छ।

advertisement

उक्त निर्वाचनमा बालेन शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए भने बास्कोटा विवेकशील साझाबाट उम्मेदवार बनेकी थिइन्। त्यस निर्वाचनमा उनी निकै कम मतसहित अन्तिमतिर रहेकी थिइन्, जसमा उनले जम्मा ६४७ मत प्राप्त गरेकी थिइन्।

उक्त समयमा बास्कोटा विवेकशील साझा पार्टीकी महासचिवसमेत थिइन्, जुन पछि रास्वपामा समाहित भएको थियो।

उता, सोही निर्वाचनमा बालेन शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दै काठमाडौँ महानगरको मेयरमा विजयी भएका थिए। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३ हजार ४२६ मतको अन्तरले पराजित गरेका थिए।

त्यो निर्वाचनमा बास्कोटा र बालेनबीचको मतान्तर ६१ हजारभन्दा बढी थियो। अहिले भने उनीहरू एउटै राजनीतिक वृत्तमा देखिनु राजनीतिक दृष्टिले रोचक संयोगका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com