काठमाडौं। जेनजी प्रदर्शन का क्रममा प्रहरी कार्यालय बाट लुटिएको १८१ थान हतियार प्रहरीले काठमाडौँबाट बरामद गरेको छ ।
हतियार लुटमा संलग्न ५१ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
भदौ २४ मा कारागारबाट भागेका १६२ जना कैदी र ९० जना थुनुवालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ ।
उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको एसपी भट्टराईले पत्रकार सम्मेलनमा बताएका छन् ।
त्यस्तै, काठमाडौंमा पछिल्लो ६ महिनामा आयोजित १२ वटा मेला, पर्व, राजनीतिक प्रदर्शन र खेलकुदका कार्यक्रममा चुस्त सुरक्षा प्रदान गरिएको एसपी भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया