भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले अस्पतालको अनुगमन गर्दै अस्पतालको नयाँ तथा पुराना भवनमा बिरामीलाई दिइरहेको सेवा र सुविधाका बारेमा जानकारी लिए ।

अस्पतालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार प्रदेश मन्त्रिपरिषद्ले रु ६२ करोडको बजेट सुनिश्चित गरेको मुख्यमन्त्री बानियाँले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणको प्रक्रिया पूरा गर्नेगरी बजेट निकासाको प्रक्रिया शीघ्र टुङ्याउने बताए ।

advertisement

कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गुणस्तरीय सेवा प्रवाहका लागि नयाँ भवन अपरिहार्य रहेको बताउँदै भक्तपुर अस्पताल मुलुकको नमुना र उत्कृष्ट अस्पताल बनेकामा प्रशंसा गरे ।

मुख्यमन्त्री बानियाँ सहितको टोलीलाई अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पतालको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । अस्पतालका निर्देशक डा.सुरेन्द्र भट्टले अस्पतालले दिँदै आएको सेवा, विस्तारिस सेवा, जडित प्रविधि एवं उपकरण, बहिरङ्ग, अन्तरङ्गदेखि शल्यक्रियासम्मका सेवा विस्तरा तथा प्रगति र भावी योजनाका बारेमा जानकारी दिए ।

बानियाँद्वारा ख्वपः अस्पताल तथा सम्पदाको अवलोकन

मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः अस्पतालको निरीक्षण गर्दै अस्पतालले प्रवाह गरेको सेवाका बारेमा चासोका साथ निरीक्षण गरेका छन् ।

नगरपालिकाद्वारा सञ्चालित ख्वपः इञ्जिनियरिङ कलेज, ख्वपः कलेज अफ इञ्जिनियरिङ, ख्वपः कलेज, ख्वपः मावि र निर्माणाधीन अरनिको सभा भवनको स्थलगत अवलोकलन गर्नुका साथै भक्तपुरका ऐतिहासिक सम्पदाहरूको अवलोकन गरेका हुन् ।

मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताल, शैक्षिक संस्थाहरूदेखि सम्पदाहरूका बारेमा जानकारी दिए ।

  • रासस

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com