काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले इन्धनको बढेको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। अन्यथा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक साताभित्र मूल्यवृद्धि फिर्ता नगरिए आन्दोलन सुरु गरिने स्पष्ट पारे। उनका अनुसार आन्दोलन महाअभियानअन्तर्गतको विद्यार्थी संगठनको नेतृत्वमा सञ्चालन हुनेछ।
प्रसाईंले सरकारले विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने वा खारेज गर्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन्। ‘विद्यार्थी संगठन किन आवश्यक हुन्छ भन्ने कुरा आवाज उठाउनकै लागि हो,’ उनले भने।
उनले विगतमा सामान्य मूल्यवृद्धिमा समेत विद्यार्थी संगठनहरू सडकमा उत्रिएको स्मरण गराउँदै अहिले ठूलो मात्रामा मूल्य बढ्दा पनि उनीहरू मौन बसेको आरोप लगाए।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया