काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेल ले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन् ।

उनले उक्त फैसला कसैको हार वा जीतको विषय नभएको स्पष्ट पार्दै, यसलाई विभाजनको रूपमा व्याख्या नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

advertisement

उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’

महामन्त्री प्रदीप पौडेल ले अब सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई एकताबद्ध हुन अपिल गरे । उनले आगामी १५औं महाधिवेशनलाई वातावरण निर्माणमा गर्न सबैलाई सक्रिय हुन आह्वान गरे ।

‘अब सबैलाई सुरक्षित आभाष हुनेगरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ उनले भने ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com