काठमाडाैं । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुर का नागरिकलाई नियन्त्रणमा लिएको छ।

​शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

advertisement

​पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्।  उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी थिए।

​प्रहरीका अनुसार हलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको ज्ञानका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको पाइएको हो ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com