नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा मिनिबस दुर्घटना हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य केही यात्रु घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यम अल इन्डिया रेडियो का अनुसार उक्त मिनिबस छिमेकी राज्य केरल बाट घुमफिरका लागि तमिलनाडु पुगेका यात्रु बोकेर जाँदै गर्दा खोलामा खसेको हो। दुर्घटनाका बेला गाडीमा केरलका १६ जना यात्रु सवार रहेका थिए।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान अघि बढाइसकेको जनाएको छ।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया