काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्।

आइतबार मध्यान्ह १२ बजे काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्ने गरी निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाइएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिएकी छन्।

advertisement

यसअघि शनिबार खड्काले आफ्ना पक्षका निवर्तमान पदाधिकारीहरूसँग वर्तमान परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए। सोही छलफलको निष्कर्षस्वरूप केन्द्रीय सदस्यहरूको विस्तारित बैठक बोलाउने निर्णय गरिएको हो।

बैठकमा पार्टीभित्रै रहेर १५औँ महाधिवेशनको तयारीमा जुट्ने कि छुट्टै राजनीतिक मार्ग अपनाउने भन्ने विषयमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन्।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com