काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ। उनको पत्थरीको शल्यक्रिया गरिएको हो।

advertisement

जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए।

यद्यपि उनलाई २६ चैतमा अदालतले रिहा गर्न आदेश दिएको थियो। तर, स्वास्थ्यमा सुधार नभएकाले उनी अस्पतालमै चिकित्सको निगरानीमा थिए।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com