काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी हुने उक्त बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजना गरिनेछ।

पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलापछि खड्का समूह आन्तरिक छलफलमा जुटेको हो। बैठकमा १५औँ महाधिवेशनको तयारी अघि बढाउने कि वैकल्पिक राजनीतिक बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारी रहेको बुझिएको छ।

advertisement

यसअघि शनिबार खड्काले आफ्नै निवासमा आफू पक्षीय नेताहरूलाई छलफलका लागि बोलाएका थिए। उक्त बैठकमा शेरबहादुर देउवा पक्षसँग असन्तुष्टि जनाउँदै विभिन्न शीर्ष नेताहरू सहभागी भएका थिए।

छलफलमा विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखकलगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com