काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेशस्तरीय मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपाामा दिउँसो १ बजेबाट छलफल सुरु हुने कांग्रेसले जनाएको छ।

advertisement

छलफलमा सातै प्रदेशका पार्टी सभापति र प्रदेश संसदीय दलका नेताहरूको पनि सहभागिता रहनेछ। प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने तथा सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

हाल कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com